
नवलपरासी : वर्तमान समाजमा राक्षस कै स्वरुप धारण गरी लैंगिक भेदभाव तथा महिला माथि हुने हिंसाको मुल कारण बनेर समाजमा जरो गाडेको र दिन प्रतिदिन चरम हुँदै गइरहेको दाइजो प्रथा लाई समाज बाट निर्मुल पार्ने गरी संत रामपालजी महाराज को आध्यात्मिक ज्ञानलाई आधार बनाएर पुर्णब्रह्म कबीर उपासक समाज, नेपाल ले चलाएको अभियान अन्तर्गत आज फेरी लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित बसन्तपुरमा एक नव जोडीको दाइजोमुक्त विवाह (रमेैनी) सम्पन्न गराएको छ।
जगतगुरू तत्वदर्शी संत रामपाल जी महाराज ज्यूको आध्यात्मिक तत्वज्ञानमा आधारित रहेर शास्त्रसम्मत विधिबाट आज मिति २०७९ श्रावण २३ गते सोमबार नेपालको नवलपरासी जिल्ला स्थित भुजहवा-३ निवासी महेश प्रसाद ठठेर को सुपुत्र रुपेश कुमार ठठेर सँग रूपन्देही जिल्ला कोटहिमाई-५ निवासी सन्तोष कुमार ठठेर की सुपुत्री काजल कौशल को दाइजो रहित विवाह (रमैनी) कार्यक्रम संत रामपालजी महाराजको पावन सान्निध्यमा उहाँको आशिर्वादले बिना कुनै बाजागाजा तथा बिना कुनै आडम्बरको मात्र १७ मिनेटमा गुरुवाणी (रमैनी) पाठ गरेर सम्पन्न भएको छ।
यस्तो प्रकारको विवाहले समाजका रुढीबादी मनोवृत्ति भएका हरुलाई दाइजोमुक्त समाज बनाउन एउटा नयाँ संदेश दिइरहेको छ साथै यस विवाहमा ३३ करोड देवीदेवताहरुको स्तुति गरीने भएकोले सबै देविदेवताहरु पनि साक्षी रहने दाबी यस संस्थाका व्यक्तिहरुको छ। यस्ता विवाहहरुमा मांसाहार,नशालु पदार्थ सेवन इत्यादि सबै प्रकारका अखाद्य वस्तुहरु पुर्ण रुपले निशेधित हुन्छ तथा विवाहमा सहभागी हुने सम्पुर्ण व्यक्तिहरुका लागी शुद्ध शाकहारी भोजनको व्यवस्था पनि यस संस्थाकै तर्फ बाट गरिन्छ । बडो साधारण ढंग बाट गरिने यस विवाहमा बेहुला तथा बेहुली पक्ष कसैले एक रुपैयाँ पनि खर्चिनु पर्दैन। यसबाट समाजमा छोरी बोझ होइन छोरा जतिकै प्यारो हुन्छ भन्ने महत्वपूर्ण संदेश समाज मा गइरहेको छ।
सन्त रामपालजी महाराज ज्यूको मूल उद्देश्य शास्त्रानुकूल सदभक्ति प्रदान गरि सम्पूर्ण मानव जातिको आत्म कल्याण गराउनु, दाइजोको नाउँमा छोरी माथि हुने विभेद,घरेलु हिंसा ,भ्रुण हत्या र विवाहमा हुने फजुल खर्च एवं आडम्बरको अन्त्य गरि स्वच्छ, निर्मल, विकार रहित आध्यात्मिक नैतिक चेतनायुक्त मानव समाजको निर्माण गर्ने रहेको छ।
“पूर्ण ब्रह्म कबीर उपासक समाज नेपाल” द्वारा नेपालमा संत रामपालजी महाराज ज्यूको तत्वज्ञानबाट प्रेरित यस्ता हजारौं जोडीहरुको बिवाह बिना कुनै दाइजो लेनदेन, शास्त्रानुकूल सरल ढंगबाट सम्पन्न गराई सकिएको छ।
संत रामपालजी महाराज को सत्संग प्रवचन तथा उहाँ द्वारा लिखित आध्यात्मिक पुस्तकहरु ज्ञान गंगा तथा जिउने मार्ग नै यस विवाहको लागी मुख्य प्रेरणा स्रोत रहेको बेहुला तथा बेहुली पक्षले बताएका छन् ।